२४ माघ, काठमाण्डौ ।
बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।
नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एकरएक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ ।