प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै?

२७ माघ ,काठमाडौं।

Advertisement

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top