×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

६ महिनापछि फर्किएका सन्दीपले ३ विकेट लिए/ खसाले आँशु

२ फाल्गुन २०७९

२ फागुन , काठमाण्डौ ।
बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन्। दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएका हुन्।

सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनको बाँकी ४ ओभरमा प्रदर्शन खस्किएको थियो। खेलको ४९ र आफ्नो अन्तिम १०औं ओभरमा उनी खेलमा फर्किए। सुरुमा २.८ को औसत रनरेटमा प्रदर्शन गरेका उनको खेल पाँच ओभरपछि भने खस्किएको थियो।

Advertisement
Advertisement

त्यसपछि प्रतिओभर १० भन्दा माथिको रनरेटमा उनको बलिङ रह्यो। ६६ रन दिएका उनको समग्र रनरेट भने ६.६० रह्यो। नेपालका लागि करण केसी सर्वाधिक ५ विकेट लिन सफल भए। १० ओभर नै बलिङ गरेका उनले ६१ रन खर्च गरे।

यसैगरी नेपालका लागि सोमपाल कामी र कुशल मल्लले एक–एक विकेट लिए। निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो। २८६ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। ११ औँ ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ड आउट गरे।

त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो। सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। सन्दीप पहिलो विकेट लिएपछि भावुक बनेका थिए । विकेट लिएपछि उनले आँखामा आँशु पुच्दै सेलिब्रेसन गरेका थिए ।

भावुक बनेका सन्दीपलाई टीमका अन्य खेलाडीहरुले हौसला दिएका थिए । लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन् । बलात्कार आरोपमा गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीपको मुद्धा किनारा नलाग्दै उनलाई क्यानले क्रिकेट खेलाएको भन्दै क्यान नेतृत्वको आलोचना पनि भएको छ ।

Advertisement
Advertisement

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top