चरेस र हेरोइनको ट्रान्जिट बन्यो काठमाडौं,६ विदेशी पक्राउ

२ फागुन, एजेन्सी ।
नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली नागरिक गरी कुल १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले २०७९ साल माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाइट्रोभ्ैट १२ हजार ९५० ट्याब्लेट र नगर ४ लाख ५ हजार सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा माघ २५ गते काठमाडौं सुन्धाराबाट लाक्पा शेर्पालाई बिक्री गरेको लागु औषध बापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत, बिहार राज्य मधुवनी जिल्लाका भारतीय नागरिक फैज अहमदलाई पक्राउ गरेको थियो ।

त्यस्तै प्रहरीले माघ २६ गते धनुषाको औराहीबाट जनकपुरबाट काठमाडौंसम्म सवारी साधन व्यवस्थापन गरी लागुऔषध एम्पुल लुकाएर पठाउने धनुषाका रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो । प्रहरीले माघ २६ गते नै धनुषाको औराही सडक किनाराबाट काठमाडौंसम्म लागुऔषध लुकाइएको गाडीमा सँगै आइ लागुऔषध एम्पुल लाक्पा शेर्पालाई दिने जिल्ला धनुषाका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो।

प्रहरीले माघ २७ गते बालाजुबाट लाक्पा शेर्पासँग लागू औषध एम्पुल खरिद गर्दै आएका काभ्रेपलाञ्चोकका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोटका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए ।

उनले लागुऔषध चरेस २३.८ किलोग्रामसहित ४ जना थाई नागरिकलाई पक्राउ गरेको पनि बताए ।उनले माघ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षकी थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षकी परिचर्त पमप्रुक, वर्ष २५ का नतापोल त्रिचेइया, वर्ष २० की नतनरे त्रिचेइया रहेको बताए ।

त्यस्तै लागुऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान १ सहित २ जना भारतीय व्यक्ति पक्राउ परेको बताए । उनका अनुसार माघ २७ गते सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङका रोशन रिसाललाई लागु औषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ गरिएको छ ।

त्यस्तै थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागुऔषध खैरो हेरोइन बिक्री गरेका मोरङ केराबारीका अमित श्रेष्ठलाई कोटेश्वरबाट लागुऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको छ ।

त्यस्तै माघ २९ गते कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागुऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु थान १ र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको छ ।

उनले बरामद लागुऔषध एम्पुलको बजार मूल्य २० हजार ३ सय एक्पुलेको अहिलेको मूल्य ३४ लाख १० हजार ४ सय रहेको बताए । त्यस्तै बरामद लागुऔषध नाइट्राभेट ट्याब्लेटको अवैध बजारमूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९ सय ५० ट्याब्लेटको अहिलेको मूल्य ३ लाख ८८ हजार ५ सय रहेको छ ।

त्यस्तै बरामद लागुऔषध चरेसको अवैध बजारमूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको अहिलेको मूल्य ८ लाख ३३ हजार रहेको छ । त्यस्तै बरामद लागुऔषध खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम १० हजार रुपैयाँका दरले ५१ ग्रामको अहिलेको मूल्य ५ लाख १० हजार रहेको छ ।

भर्खरको समाचार

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

सम्बन्धित समाचार

Scroll to Top