×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

ह्याट्रिक गरेको क्रिकेट टिमलाई सरकारले पुरस्कृत गर्ने

७ फाल्गुन २०७९

७ फागुन, एजेन्सी ।
घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेपछि नेपाली टोलीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । स्वदेशमा मात्रै होइन विदेशी संचारमाध्यामहरुले समेत नेपालको उत्कृष्ट खेल प्रर्दशन र ह्याट्रिक्ल्ँई प्राथमितामा राखेर समाचार प्रकाशन प्रशारण गरेका छन् ।

नेपाली टिमको ऐतिहासिक जितको सम्मानमा सरकारले पनि नेपाली क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । घरेलु सिरिजमा लगातार तीन खेल जितेपछि सरकारले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलीलाई बधाई दिँदै पुरस्कृत गरिने घोषणा गरेका हुन् ।

Advertisement

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसासमेत गरेका छन् । ‘काठमाडौंमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा जितको ‘ह्याट्रिक’ पूरा गर्ने क्रममा नेपालले शनिबार नामिबियालाई ३ विकेटले हरायो । जारी श्रृंखलामा नामिबियाविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । विगत सिरिजमा नेपालको प्रमुख समस्या ब्याटिङ मानिन्थ्यो । अधिकांश खेलमा नेपाललाई २ सय रन कटाउन पनि मुस्किल पर्थ्यो । यद्यपि जारी सिरिजमा भने नेपालले तीनवटै खेल लक्ष्य पछ्याउने क्रममा पूरा ग¥यो ।

यी तीनै खेलमा नेपालले २ सय ७० भन्दा माथिको लक्ष्य प्राप्त गरेको थियो । र, तीनवटै खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थुप्रै कीर्तिमान बनायो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जितको बारेमा समाचार प्रकाशन÷प्रसारण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले पनि नेपालको जितबारे समाचार लेखेका छन् । क्रिकेट वर्ल्डले लेखेको छ, ‘आइसिसी विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपाल ३ विकेटले विजयी ।’ हिन्दुस्तान टाइम्सले पनि नेपाल र नामिबियाबीचको पूरा स्कोरबार्ड आफ्नो वेबसाइटमा राखेको छ ।

भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले शीर्षकमा लेखेको छ, ‘बलियो टोलीलाई लगातार तेस्रोपटक हराउँदै एकदिवसीय शृंखलामा नेपालको अर्को रोमाञ्चक जित ।’ टिमसँगै नेपाली टिमका प्रमुख बलर सन्दीप लामिछाने चर्चाको शिखरमा छन् । उनी आफ्नो प्रदर्शनका साथै बाह्य कारणले चर्चाको शिखरमा रहेका हुन् ।

सयौं समर्थक सन्दीप र टोलीलाई साथ दिन कीर्तिपुर मैदान पुगिरहेका छन् । समर्थकको साथसँगै टिम र सन्दीपको प्रदर्शन पनि उत्कृष्ट रहेको छ । लगातार तेस्रो जितपछि विश्वकप लिग–२ को शीर्ष तीनमा रहने विश्वकप छनोट खेल्ने नेपालको सम्भावना जीवितै रहेको छ ।

अब नेपालले यो प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गर्न बाँकी ९ वटै खेलमा जित हात पार्नुपर्नेछ । अहिलेसम्म नेपालले लिग–२ मा २७ म्याच खेलेको छ । जसमा नेपालले ११ मा जित, १४ मा हार , दुई खेलमा अंक बाँडेको छ । नेपाल अहिले २४ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ ।

Advertisement

तेस्रो स्थानमा रहेको नामिबियाले ३७ अंक जोडिसकेको छ । उसले ३३ म्याच खेल्दा १८ मा जित, १४ मा हार र एक खेलमा मात्र अंक बाँडेको छ । तालिकाको शीर्ष स्थानमा भने स्कटल्याण्ड छ । उसले ३४ म्याच खेल्दा २३ मा जित, ९ मा हार र दुई खेलमा अंक बाँडेको छ । नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top