राष्ट्रपति हुन् कति मत चाँहिन्छ ? कहाँ हुने छ मतदान ?

९ फागुन, काठमाण्डौ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नपाएमा फागुन २६ गते फेरि मतदानको तयारी गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ । त्यसका लागि सोमबार एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरेका छन् । आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची हिजै कार्यालयलाई उपलब्ध गराइएको छ ।

अब कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने थपलियाले बताए । पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त नभएकाले विद्यमान कानून अनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको उनले बताए ।

प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको बताए । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने थपलियाले बताए । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।

राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७८६ मतभार रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको बहुमत अर्थात २६ हजार ३९४ मतभार प्राप्त गर्नुपर्नेछ । आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे । दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता रहनेछन्। प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त छन् । संघीय संसद्का प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेश सभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार ३८६ गरी कुल ५२ हजार ७८६ मतभार कायम हुनेछ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायत कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदै छ । संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top