वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

काठमाडौँ, भदौ १५
वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ ।रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।

नाटककार स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।उनी विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा’ बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भए । उनले गाएको ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् ।

सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई विसं ०७१ मा सिजी कामना अवार्ड समारोहमा रु एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो ।

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडाँैको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उनका दुई छोरा, एक छोरी छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.