माधवलाई राष्ट्रपति बनाउन कांग्रेसले मानेन्/ ५ दलीय गठबन्धन ब्युँतिदै

११ फागुन ७९, शुक्रबार

१२ फागुन, काठमाण्डौ ।
चार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको हो । आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक टुंग्याइएको छ ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार आ–आफ्नो दलमा छलफल गरेर आजै बेलुका ५ बजे पुनः बैठक बस्नेछ ।पुरानो गठबन्धनमा कायम रहेका चार दलका शीर्ष नेताको बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेले दिएको जानकारीअनुसार अहिले बसेका चार दलसहित राष्ट्रिय जनमोर्चालाई पनि समावेश गरेर पुरानो गठबन्धन कायमै राख्ने निर्णय भएको छ ।

Advertisement

राष्ट्रपतिका विषयमा कांग्रेस र आफूहरुले दाबी गरेको उनले जानकारी दिए । “हामीले माधवकुमार नेपाललाई अघि सारेका छौँ, कांग्रेसले हामीलाई भनेको छ । तर नाम दिएको छैन तर पनि सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ,” उनले भनेका छन् ।

बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने एकीकृत समाजवादीले माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको छ ।

Advertisement

एकीकृत समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । कांग्रेसले नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव लगेको छ । दुई उमेदवारको औचित्य र आवश्यकतासहित दलहरुबीच समझदारीको योजनासमेत लिएर पाँच बजे पुनः बैठक बस्नेगरी बैठक स्थगित भएको छ ।

“नेपाली कांग्रेसको तर्फबाट हाम्रो उमेदवारलाई सहयोग होस् भनेर प्रस्ताव राखेकै छौं, त्यसमा सबैले सकारात्मक रुपमा लिनुभएको छ,” नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, “बैठकमा सहभागी भएका दलहरुका तर्फबाट पनि फरक फरक प्रस्ताव आएका छन् । फरक फरक प्रस्ताव आए पनि हामी एक ठाउँमा उभिने समझदारी गरेकाले सबैले सकारात्मक रुपमा लिएका छौँ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top