काठमाडौं, भदौ १५
अस्पतालले पनि उपकरण आयातका लागि विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र निर्यातजन्य उद्योगलाई दिदै आएको डलर ऋण सुविधा अब अस्पताललाई पनि दिएको हो ।
वस्तु आयातका लागि आवश्यकता अनुसार अस्पतालले विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनियमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । यस्तो ऋण लिने अस्पतालले विदेशी मुद्रा आर्जन गरेको र राष्ट्र बैंकमा विदेशी मुद्रा कारोबार गरेको देखिनु पर्ने उनले स्पष्ट पारे ।
अस्पताल पनि पर्यटन क्षेत्र अन्र्तगत पर्ने भएकाले यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार अस्पतालले पनि दीर्धकालका लागि ऋण लिन पाउने उनको भनाई छ । ऋण रकमको साँवा ब्याज अस्पतालले आफनो खातामा रहेको परिवत्र्य विदेशी मुद्राबाट भुत्तानी गर्नुपर्ने उनले जानकारी दिए ।
अस्पतालका लागि बैंकले विदेशी वित्तीय संस्थाबाट डलरमा लिएको ऋण लगानी गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यस्तै अस्पताललाई आवश्यक परेमा केन्द्रीय बैंकले प्रचलित दरमा विदेशी मुद्रा बिक्री गर्ने भएको छ ।(विकास न्युजबाट)