जोर विजोर प्रणाली लागू भएको अवसर पारेर मनपरी भाडा असुली

काठमाडौँ, भदौ १५
सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।

Advertisement

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण सडकमा कम सवारीसाधन चलिरहेका छन् । कम सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रु रामबहादुर थापाले बताए ।

“सार्वजनिक यातायातमा सकेजति भाडा असुली भइरहेको छ, ट्याक्सी मिटरमा हिँड्न मान्दैनन्, मन लागे जति माग्छन्, बिरामी परेर अस्पताल जानेलाई पनि सवारीसाधन पाउन मुस्किल छ, नियामक निकायले निरीक्षण गरेको छैन”–उनले भने । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउँछन् ।

Advertisement

बढी भाडा लिने सवारीसाधन नम्बर महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ र विभागको नम्बरमा पनि सम्पर्क गरी टिपाउन सकिने विभागले जनाएको छ । ती सवारीसाधन चालकलाई ट्राफिक प्रहरीले रु पाँच हजारसम्म कारवाही गर्नेछ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top