इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता हुने

१५ भदौ ७५, शुक्रबार
Share this
739shares

इटहरी,भदौ १५
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृष्ठ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता आयोजना हुने भएको छ । आगामी भदौ २९ र ३० गते इटहरी रगंशालामा प्रतियोगिता हुने नेपाल उसु संघ इटहरी उसु क्वानले जानकारी दिएको छ ।

Advertisement

उसु क्वानले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा १ नम्वर प्रदेश र भारतका १० जिल्ला गरी २२१ जना खेलाडी सहभागीहुने बताइएको छ । नेपाल र भारत दुवै देशका खेलाडीहरुलाई उमेर समूहका आधारमा समावेश गरी प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार नगदसहित मेडल, प्रमाणपत्र पाउने छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्त्वना हुनेले क्रमश २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिता सञ्चालनका लागि १० लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाले एक नम्बर प्रदेशका दक्ष खेलाडीहरुको क्षमतालाई बाहिर ल्याउन सहयोग गर्ने कार्यक्रम संयोजक मीनकुमार मगरले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top