विराटनगरमा साहराविहिन बृद्ध आमाहरुसँग तीज

१४ भदौ ७५, शुक्रबार

विराटनगर,भदौ १५
बिराटनगरका महिलाहरुले साहराविहिन बृद्ध आमाहरुसँग तिज मनाएका छन् । बिराटनगर–८ स्थित हरिहर चौकका महिलाहरुले बिराटेश्वर बृद्दा आश्रममा आश्रय लिइरहेका आमाहरुसँग तिजको दर खुवाएर रमाइलो साटेका हुन् ।

Advertisement

जिवनको अन्तिम समयमा घरबाट तिरस्कृत भइ आश्रमको साहारामा बस्न बाध्य भएका बृद्द आमाहरुलाई माईतीको अभाव महसुस नहोस भनेर सामूहिक रुपमा तिज कार्यक्रम गरिएको आयोजक तारा देवी खनालले बताइन् ।

आफन्तले तिरस्कार गरेर बेघर भएको अवस्थामा महिलाहरुले आयोजना गरेको सो कार्यक्रमा बृद्द आमाहरुले मन खोलेर नाचगान समेत गरेका थिए । तिजको समयमा यसरी आश्रममै आएर रमाइलो गराउँदा एकदमै खुशी महसुस भएको आश्रमकी बृद्दा हरिमाया आचार्यले बताइन् ।

Advertisement

बृद्द अवस्थामा रहेका आमाहरुसँग तिजको कार्यक्रम मार्फत रमाइलो गर्दा उनीहरुलाइ आफ्नै सन्तानसँग रहेको भान भएको आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्यालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top