×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मर्मत गरेको २ दिनमै NAC को जहाजमा समस्या

१९ फाल्गुन २०७९

१९ फागुन, काठमाण्डौ ।
नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ। आइतबार दुबईमा ग्राउण्डेड भएको ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक समस्या आएपछि प्राधिकरणले अनुसन्धान गर्न लागेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ‘ध्वजावाहक जहाजमा पटक पटक समस्या आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको छ। हामी अन्तर्गत सुरक्षा अधिकारी परिचालन गरेर अनुसन्धान गर्नेछौं,’ यो जहाज मर्मतसम्भार गरेर दुई दिनअघि रिलिज गरिएको थियो।

Advertisement
Advertisement

तर, काठमाडौं–मलेसिया उडान गरेको यो जहाज पुनः काठमाडौं फर्कने क्रममा प्राविधिक समस्या आएको थियो। मर्मतपछि यो जहाज पुनः सेड्युलमा उड्न थाले पनि प्राधिकरणले भने अनुसन्धान गर्न लागेको हो। निगमको एयरबस–३२० मा प्राविधिक समस्या आएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड भएको थियो।

यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो। निगमसँग जहाज हुँदा पनि सही व्यवस्थापन नहुँदा तोकिएको समयमा उडान नहुने र अन्तिम समयमा उडान रद्द गर्ने पुरानो रोग हटेको छैन। निगमसँग भएका चारमध्ये एउटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय गन्तव्यका लागि पूर्वनिर्धारित तालिका प्रभावित हुँदै आएका छन्।

एक वर्षअघि इन्जिनमा समस्या आएपछि नाइन एन–एकेडब्लु कलसाइनको न्यारोबडी जहाज दोहामा ग्राउन्डेड भएको थियो। इन्जिन मर्मतका लागि निगमले ठेक्का दिने टुंगो गरिसकेको थियो। अगाडि नै आएको गडबडी हटाउन डेढ महिना लागेको थियो।

Advertisement
Advertisement

निगमसँग हाल दुईवटा एयरबस–३३०, दुईवटा एयरबस–३२० गरी चारवटा जहाज छन्। यी जहाजले दिल्ली, मुम्बई, बैंगलोर, जापान, थाइल्याण्ड, हङकङ, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top