मस्कले गुमाए धनीब्यक्तिको ताज,एकै दिन ७ अर्ब डलर स्वाहा

१९ फागुन,एजेन्सी ।
टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्कले एकैदिन ७ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन्। योसँगै एलनबाट विश्वकै धनीव्यक्तिको उपाधि पनि खोसिएको छ। उनी अहिले दोस्रो नम्बरमा झरेका छन्। दुई दिनअघि मात्रै मस्क विश्वकै धनीव्यक्ति बनेका थिए। पछिल्लो दुई महिनामा टेस्लाको सेयर ९० प्रतिशतभन्दा बढी बढेको छ।

Advertisement

एलेनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै नम्बर एक सिट सुरक्षित गरेका थिए। तर, फेरि बर्नार्ड फेरि विश्वकै धनीव्यक्ति बनेका छन्। ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बर्नार्डको कुल सम्पत्ति हाल १८७ अर्ब डलर छ। एलन मस्कको कुल सम्पत्ति अहिले १७६ अर्ब डलरमा झरेको छ।

ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति यस वर्ष ३६ प्रतिशतले बढेको छ। टेस्लाले विद्युतीय सवारीसाधन र घरको सौर्य ब्याट्री बिक्री गर्छ। मस्क स्पेसएक्सका सीईओ पनि हुन्। यो एक रकेट निर्माता हो। यसबाहेक ट्विटरको पनि उनी मालिक हुन्। ट्विटर किन्दा मस्क पनि धेरै विवादमा परेका छन्।

Advertisement

यस वर्षको सुरुमा एलन मस्कको कुल सम्पत्ति १३७ अर्ब डलर थियो। ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार उनको सम्पत्ति २ महिनामा ५० अर्ब डलरभन्दा बढीले बढेको छ । अहिले बर्नार्ड अर्नाल्टको नेटवर्थ यस वर्ष २३ दशमलव ३ बिलियनले बढेर १८५ बिलियन डलर पुगेको छ।

अमेजनका संस्थापक जेफ बेजोस तेस्रो स्थानमा छन् । उनको सम्पत्ति ११७ अर्ब डलर छ । बिल गेट्स ११४ अर्ब डलरको कुल सम्पत्तिका साथ चौथो स्थानमा छन् । योसँगै पाँचौं स्थानमा वारेन बफेट छन्, जसको सम्पत्ति १०६ अर्ब डलर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top