मान्छेले बिर्सियो तर, उ प्रकृति हो

२० फागुन ७९, शनिबार
Share this
706shares

२० फागुन, काठमाण्डौ ।
प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ ।

Advertisement

त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छाँै । दुनियाँलाई लोभ्याउने सामथ्र्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ ।

Advertisement

यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ । गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । यदी प्रकृतिले पनि मानवजाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ ।

Advertisement

हामी मानवजातिले पनि प्रकृति झैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन । आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ । हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ ।

सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शितलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ ।

मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन । मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा लैजानुछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top