×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

पिएसजीको जितमा एम्बाप्पेको कीर्तिमानी/सर्वाधिक २०१ गोल

२१ फाल्गुन २०७९

२१ फागुन, एजेन्सी ।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । फ्रेन्च लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको छ ।

Advertisement
Advertisement

पिएसजीको जितमा एम्बाप्पेसंगै लियोनल मेसी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा गएराति खेलको १२औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए ।

खेलको १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल उपहार दिएपछि पिएसजीको अग्रता दोब्बर भयो । ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए ।

६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यो गोलसँगै एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको रेकर्डलाई पछि पारेका हुन् ।

सन् २०१७ मा मोनाकोबाट विश्व कीर्तिमान मुल्यमा पिएसजी आएका एम्बाप्पेले चार वटा लिग वानको उपाधि जितिसकेका छन् । हरेक लिगमा गोल गर्ने शीर्ष खेलाडी भित्र परेका उनले यो सिजन मात्र ३० गोल गर्नुका साथै आठ असिस्ट गरेका छन् ।

दुई विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । २०२२ मा उनले गोल्डेन बुट जितेका थिए । एमबाप्पेले फ्रान्सबाट २०२१ मा नेसन्स लिगको उपाधि पनि जितेका छन् ।

गत नोभेम्वर र डिसेम्वरमा कतारमा भएको विश्वकपको फाइनलमा एमबाप्पेले अतिरिक्त समयमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पूरा गर्दा खेल ३–३ गोलको बराबरीमा पुगेको थियो ।त्यसपछि पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो । यस्तै क्लबका लागि २४७ खेल खेलेका उनले यहाँ आएर आफूले धेरै सिकेको बताए ।

‘यहाँ आइपुग्दा म जवान खेलाडी थिएँ। मैले यहाँ धेरै कुरा सिकेको छु’, एमबाप्पेले भने, ‘म इतिहास लेख्न खेल्छु, र मैले सधैं भनेको छु कि म यसलाई यहाँ, फ्रान्समा, यसको राजधानी सहरमा गर्न चाहन्छु…. यो व्यक्तिगत उपलब्धि हो तर म यहाँ सामूहिक उपलब्धिको लागि आएको हुँ।’

Advertisement

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top