अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया

२१ फागुन, एजेन्सी ।
उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र अमेरिका मिलेर आफूमाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । अमेरिका र दक्षिण कोरियाले आगामी १३ देखि २३ मार्चसम्म १० दिन लामो युद्ध अभ्यास गर्न लागेका छन् । यसको पूर्वसन्ध्यामा उत्तरले त्यस्तो आशंका गरेको हो । उसले दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यास रोकिनुपर्ने माग गरेको छ ।

उत्तरले विगत देखिनै यसको विरोध गर्दै आएको थियो । साथै चुनौतीका लागि उसले छोटो तथा लामा दुरीका र अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्रहरुको पनि परिक्षण गर्दै आएको छ । उत्तरले विशेष दिनका अवसर पारेर आफ्ना हतियार तथा सैन्य शक्तिको पनि प्रदर्शन गर्दै आएको छ ।

यसबीच उत्तरले संयुक्त राष्ट्रसंघले नै यो सैन्य अभ्यासलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने भन्दै विज्ञप्ति निकालेको छ । आइतबार उत्तरको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै त्यहाँका उपविदेशमन्त्री किम सन ग्योङले उक्त सैन्य अभ्यासले सो क्षेत्रमा तनाव बढाउने र अवस्थालाई खतरनाक तहसम्म धकेल्ने चेतावनी दिएका छन् ।

Advertisement

‘राष्ट्रसंघले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास तुरुन्तै रोक्न लगाउनुपर्छ साथै हामीबारे उनीहरूले गरेका उत्तेजक टिप्पणी बन्द गर्न पनि कडा रूपमा आग्रह गर्नुपर्छ,’ उपविदेशमन्त्री ग्योङले राष्ट्रसंघलाई सम्बोधन गर्दै भनेका छन् । हालको युद्ध अभ्यास उत्तर कोरियामाथिको आक्रमणको योजनाअन्तर्गत पर्ने पनि उनले दाबी गरेका छन् ।

आफूलाई आक्रमण गरेर कब्जा गर्नको लागि अमेरिका र दक्षिण कोरियाले तयारी गरिरहेको उत्तर कोरियाली विश्लेषण भइरहँदा अमेरिकाले भने ती भनाइहरू स्वीकार गरेको छैन । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ब्यालिस्टिक र आणविक कार्यक्रमको खतराको बदलामा आफूहरूले युद्ध अभ्यास गर्न लागेको बताएका छन् ।

आफूहरू उत्तर कोरियाको खतरा नभएर उत्तर कोरिया आफ्नोसँगै विश्वको खतरा भएको उनीहरूको भनाइ छ । शनिबार मात्र उत्तरले पनि जवाफमा भनेको थियो– अमेरिकी आक्रमकताको अचुक उपाय भनेको उत्तर कोरियाको आणविक हतियार नै हो ।

उत्तर कोरियाले अमेरिकासँगको सन्तुलन कायम राख्न यस्ता हतियार अपरिहार्य रहेको बताउने गर्दछ । उत्तरका सर्वोच्च नेता किम जोङ उनले बारम्बार आफ्नो क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघ असन्तुलित र पूर्वाग्रही रहँदै आएको पनि आरोप लगाउने गर्दछन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top