निर्मला पन्तको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कृत

कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।

चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए ।

एसपी कडायतले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको बताए । किशोरीको अवस्था जटिल नरहेको उनले बताए । किशोरीले बताएको आधारमा पहिचान भएका दुईजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । दोषी भाग्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top