चर्चित भारतीय बलरहरु सन्दीपभन्दा पछि

३० फागुन ७९, बुधबार

१ चैत, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २ स्थान माथी उक्लिएर २१ औं स्थानमा रहेका छन्। सन्दीप २१ औं स्थानमा रहँदा विश्व चर्चित भारतका जसप्रित बुमराह भने २६ औं स्थानमा रहेका छन् ।

सन्दीपले वानिन्दु हशरंगा, युजभेन्द्र चहल,कुलदिप यादव लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् । बलिङतर्फ नै सोमपाल कामीले ३ स्थान सुधार गर्दै ६० औं स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी २ स्थान सुधार गर्दै ६३ औं स्थानमा रहेका छन् ।तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा भने ३ स्थान सुधार गरेर ९५ औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेलको ५५ औं स्थानमा कायम रहेका छन् । ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख भने ९ स्थान सुधार गरेर ६२ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् । बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।

Advertisement

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो।

योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।

Advertisement

सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा छ।लिग–२ मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले भोलि हुने अन्तिम खेलमा यूएईलाई हराउनुपर्नेछ। नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ। विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग दुईको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top