दुई वर्षपछि युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

४ चैत, एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः युट्युबमा फर्किएका छन् । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि ट्रम्प युट्युबमा फर्किएका हुन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् ।

जसमा उनले लेखेका छन्, ‘आई एम ब्याक’ । यो भिडियो उनको एक चुनावी ¥यालीको हो, जसमा उनी भनिरहेका छन्, ‘तपाईंलाई पर्खाएकोमा माफी चाहन्छु, यो जटिल घटना हो ।’ सन् २०२० मा भएको राष्ट्रपती निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए ।

त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप समेत लागेको थियो । ट्रम्प पुनः राष्ट्रपति चुनावको तयारी गरिरहेका छन् ।

यसैलाई विचार गरेर ट्रम्पलाई सोसल मिडियामा फर्किन अनुमति दिइएको अनुमान गरिएको छ । चुनाव लड्दै गरेका सबै उम्मेदवारको योजना मतदाताले सुन्न पाउनुपर्ने युट्युबले बताएको छ । यसै वर्ष जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए । गत वर्ष नोभेम्बरमा उनले आफ्नो ट्विटर अकाउन्ट फिर्ता पाएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top