×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

दाङमा कोठामा निस्सासिएर एक महिलाको मृत्यु

४ चैत्र २०७९

३ चैत ,काठमाण्डौ ।

दाङमा एक महिलाको कोठामा लागेको आगोका कारण निस्सासिएर मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।

Advertisement
Advertisement

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुवाँका कारण निस्सासिएर मृत्यु भएको पूर्व अनुमान गरिएको बताए।

देवीगञ्जस्थित घर्तीको घर गाउँभन्दा झन्डै एक डेढ सय मिटर टाढा रहेको छ। उनी एक्लै बस्दै आएकी थिइन्। ‘स्थानीयलाई बुझ्दा मृतकले सधैं मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गरेको भन्ने कुरा गरे, ’ प्रहरी निरीक्षक केसीले भने,  ‘मापसे गरेको समयमा चुरोट खाएर ठूटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर निस्सासिएर मृत्यु भएकोजस्तो देखिएको छ।’

तर, मृतकको शरीरमा भने कतै जलेको वा पोलेको घाउखत नदेखिएको उनले बताए । कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए।

‘कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र त्योभन्दा मुन्तिर फलामे रडले पनि ढोका थुनिएको थियो,’ केसीले भने, ‘कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेको हुँदा ढोकानजिकै लडेको जस्तो देखियो।’

बिहान स्थानीयले लामो समयसम्म पनि ढोका नखोलेको देखेपछि उठाउन भनेर ढोका ढकढक्याउन गएको र त्यसक्रममा कोठाको भेन्टिसेलनबाट धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी निरीक्षक केसीका अनुसार प्रहरी बिहान घटनास्थल पुग्दा पनि धुवाँ उडिरहेको थियो।

घर्ती बस्ने घरमा बिजुली बत्ती छैन। उनले उज्यालोको लागि टुकी बाल्ने गरेको स्थानीयले बताएका छन्। सोही टुकी वा चुरोटको ठूटोबाट आगो सल्केको अनुमान रहेको उनले जानकारी दिए।‘घटनाको प्रकृति हेर्दा टुकीभन्दा पनि चुरोट खाएपछि सावधानीपूर्वक ननिभाउँदा विस्तारामा सल्केको अनुमान गर्ने आधार देखिएका छन्,’ उनले भने, ‘थप कुरा पोष्टमर्टम रिपोर्टपछि भन्न मिल्ला।’

Advertisement

स्थानीयका अनुसार एक वर्ष पहिला पार्वती र उनका श्रीमानको सम्बन्ध विच्छेद भएको थियो।पार्वतीका तीन छोरा काठमाडौंमै छन्। उनीहरू आएपछि मात्रै शवको पोष्टमर्टम हुने प्रहरीले जानकारी दिएको छ।शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top