ओलीले टिकट नदिएका घनश्याम भुसाललाई माधवले बनाए नेकपा एसको महासचिव

५ चैत, काठमाण्डौ ।
मंसिर ४ को निर्वाचनमा सांसदको टिकट नपाएपछि नेकपा एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादीका महासचिव बनेका छन् । आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो ।

यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरेको पनि पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

अब समाजवादी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको छ । यसअघि सचिवालयमा १२ सदस्य रहेका थिए । एमाले त्यागेर गत मंसिर ४ अघि स्वतन्त्र भएका भुसाल रुपन्देही क्षेत्र नम्बर १ मा चुनावमा लडेका थिए । तर उनले कांग्रेस र माओवादी केन्द्रको साथ पाउँदा पनि पराजय भोगेका थिए ।

त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाल गत पुस ३० गते केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका थिए । माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गरेका थिए ।

प्रवेशको डेढ महिनामै उनले महासचिवको जिम्मेवारी पाएका हुन् । नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए । २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि थिए ।

एमाले छाड्नुअघि उनी पार्टीमा स्थायी कमिटि सदस्य थिए । भुसालले २०५३ सालको उपनिर्वाचनमा रुपन्देही २ बाट चुनाव जितेर संसदीय यात्राको थालनी गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट भुसाल निर्वाचित भएका थिए ।

२०३३ सालबाटै सक्रिय राजनीतिमा लागेका भुसाललाई मंसिरको चुनावमा एमालेले पार्टीका तर्फबाट उम्मेदवार बन्न बन्चित गरेको थियो । यस्तै चितवनमा भएको १० औं महाधिवेशनमा उपाध्यक्षका लागि उनले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top