विश्वकप छनोटमा पुगेका खेलाडीलाई क–कसले दिने भए पुरस्कार ?

६ चैत , काठमाण्डौ ।

खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसकेका छन् भने कैयौँ विदेशिने तयारीमा देखिन्छन्।एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका वेला यतिखेर केन्द्रदेखि स्थानीय तहसम्म खेलाडीको हौसला दिन लागिपरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिएका छन्। नेपालले बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल क्रिकेट टिम र खेलाडीहरुलाई नगदसहित सम्मान घोषणा गर्ने क्रम बढेको छ ।

Advertisement

शुक्रबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर खेलाडीहरुलाई बधाई दिदै जनही ३ लाख पुरस्कार घोषणा गरेभने बाग्मती प्रदेश सरकारले समेत खेलाडीहरुलाई जनही १ लाख सहित सम्मान गर्ने घोषणा गरेको थियो ।

पछिल्लो समय मोरङको विराटनगर महानगरपालिकाले नेपाली क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले उनीहरूलाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । ललितले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले विश्वकप लिग–२ मा १० खेलमा ३.६१ को इकोनमीमा १५ विकेट लिए ।

ललितले लिग–२ को महत्वपूर्ण खेलमा यूएईविरुद्ध १० ओभरमा २७ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । त्यस्तै, दीपेश नेपाललाई यू–१९ विश्वकप छनोटमा पुर्याउन नायक सावित भए । उनले विश्वकप छनोटको अन्तिम खेलमा यूएईविरुद्ध ह्याट्रिक गर्दै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेटरलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

भीमदत्तका मेयर पदम बोगटीले शनिबार ऐरी र सार्कीलाई सो रकम प्रदान गरिने घोषणा गरे । क्रिकेटरद्वय ऐरी र सार्की दुवै भीमदत्त नगरपालिकाका बासिन्दा हुन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि दीपेन्द्र र भीमसहित सन्दीप जोरा, कमल सिंह ऐरी र अर्जुन साउँदलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम र दीपेन्द्रलाई जनही २ लाख, सन्दीपलाई १ लाख तथा टोलीको अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

यस्तै मधेश सरकारले पनि उक्त प्रदेशबाट राष्ट्रिय टिममा नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने दुई खेलाडी आरिफ शेख र गुल्सन झालाई २÷२ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। वीरगञ्ज महानगरपालिकाले आरिफ शेख र आशिफ शेखलाई एक–एकवटा मोटरसाइकल दिने घोषणा गरेको छ भने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुशल भूर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top