×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुटिनविरुद्धको पक्राउ पूर्जी आईसीसीलाई पर्यो भारी

९ चैत्र २०७९

९ चैत, एजेन्सी ।

रुसले नेदरल्यान्ड्सको हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्रेमलिनले दिएको यो धम्कीलाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले चिन्ता व्यक्त गरेको छ ।

Advertisement
Advertisement

पूर्व रुसी राष्ट्रपति दिमित्रि मेदभेदेवले हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्कीका हुन् । यसबारे बुधबार आईसीसीले वक्तव्य जारी गरेको छ । गत हप्ताको शुक्रबार आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसपछि गत सोमबार रुसी सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदभेदेवले भनेका थिए, “हेगको अदालतमा रुसी जहाजबाट उत्तरी सागर हुँदै हाइपरसोनिक मिसाइल प्रहार गरिएको कल्पना गर्न सम्भव छ ।” रुसी अनुसन्धान निकायले आईसीसीका अभियोजक करिम खान र पुटिनविरुद्ध वारेन्ट जारी गर्ने न्यायाधीसहरूविरुद्ध अपराधिक मुद्दा लगाएपछि आईसीसीले बुधबार वक्तव्य जारी गरेको हो ।

आईसीसीको राज्य पार्टीसभाले भनेको छ, “अन्तर्राष्ट्रिय कानुनअन्तर्गत निषेधित कार्यहरूको लागि जवाफदेहिता सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई बाधा पुर्याउने यी प्रयासहरूप्रति खेद छ ।” वक्तव्यमा उल्लेख छ, “अन्तर्राष्ट्रिय फौजदारी अदालतप्रतिको अटल समर्थनलाई पुनः पुष्टि गर्छ ।”

आईसीसीको पुटिनविरुद्धको वारेन्टलाई लिएर चीनले पनि तीव्र असन्तुष्टि जनाएको बेला चिनियाँ राष्ट्रपति सी जिङपिङको रुस भ्रमणपछि मेदभेदेवले दिएको यो चेतवानीले पश्चिमालाई अझ शसंकित बनाएको छ । यसैबीच यता उत्तर कोरियाले बुधबार फेरि एकैपटक धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।

उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधबार एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ ।

यो संयुक्त सैन्य अभ्यास आजसम्म जारी रहनेछ । पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top