शक्तिशाली आँधीको चपेटामा पर्याे अमेरिका

शक्तिशाली आँधीको चपेटामा पर्याे अमेरिका

१२ चैत, एजेन्सी ।
अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आएको घातक आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट अमेरिकाको शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाको ज्यान गएको छ ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको र मृतकको सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका छन् । आँधीबेहरी र भीषण हावाहुरी रोकिएपछि यहाँ राहत र उद्धारको काम भइरहेको छ । यसैबीच, अलाबामा र जर्जियाका धेरै भागहरूमा थप आँधी र असिनाको पूर्वानुमान गरिएको छ । मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले यस प्रकोपबाट भएको विनाशलाई ध्यानमा राख्दै आपतकालीन अवस्था घोषणा गरेका छन् ।आँधीले धेरै ग्रामीण क्षेत्रलाई तहसनहस बनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मिसिसिपीबाट आएका तस्बिरहरूलाई ‘हृदयविदारक’ भनेका छन् र उनको सरकारले यस प्रकोपबाट पुनः प्राप्ति गर्न सक्दो सहयोग गर्ने बताएका छन् । शक्तिशाली आँधीले धेरै दर्जनौँ– भवनहरू ध्वस्त पारेको छ । हावाहुरीका कारण धेरै ठाउँमा गाडी पल्टिएका छन् भने बिजुलीका पोल तथा तारहरु ढलेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.