Nepal Times
Nepal Times
3
Shares

बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस

बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस

१२ चैत, एजेन्सी ।
रुसले छिमेकी मुलुक बेलारुसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डारण गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् ।

बेलारुसमा रुसका चुस्त आणविक हतियार भण्डारण हुने पुटिनले उल्लेख गरेका छन् । पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र पुटिनबीचको छलफलमा उक्त सम्झौता भएको हो । हालसालै बेलायतले युक्रेनलाई अतिरिक्त हतियार सहयोग घोषणा गरेपछि पुटिनको आणविक हतियार भण्डारण कार्यक्रम सार्वजनिक भएको हो ।

अमेरिकाले आफ्ना आणविक हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्यान्ड, इटाली र टर्कीमा भण्डारण गरिएको उदाहरण दिँदै रुसी मिडियाले रुसले बेलारुसमा गर्न लागेको आणविक हतियार भण्डारण त्यस्तै कदम भएको तर्क गरेका छन् । पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमा आणविक असुरक्षा भएको पटक पटक भन्दै आएपछि रुसको यस्तो कदम आएको रुसी मिडियामा उल्लेख गरिएको छ ।

युक्रेन युद्धका क्रममा पश्चिमासँगको दूरी बढ्दै गएको र केही रूसी विज्ञको रूसमा आणविक आक्रमण हुनसक्ने सुझावपछि बेलारुसमा आणविक हतियार भण्डार गरी युद्धको पूर्वतयारी गर्न लागिएको पुटिनले बताएका छन् । बेलारुससँगको यो सम्झौताले आणविक हतियार ओसारप्रसारमा रोकसम्बन्धी अन्तराष्ट्रिय कानूनको उल्लंघन नगर्ने दाबी पुटिनले गरेका छन् ।

हालै मात्रै बेलायतले युक्रेनमा सैन्य सहयोग गर्ने घोषणा गरेको थियो । २०२२ फेब्रुअरीमा रूसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमणको तयारी गर्दा केही रूसी सैनिकहरू बेलारुस हुँदै युक्रेन प्रवेश गरेका थिए । युद्धको सुरुवाती दिनदेखि बेलारुस रुसको समर्थनमा उभिएको छ ।

हालै अमेरिकाले बेलारुसका सरकारी संस्थासहित नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ । बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

शनिबारको पुटिनको घोषणापछि भने पश्चिमालाइै थप बेचैन बनाएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङको शान्ति वार्ताको प्रस्तावमा पुटिन सकारात्मक बनेपछि चीनको वार्ताको प्रस्तावलाई अमेरिका लगायत पश्चिमाले रणनीतिका रुपमा परिभाषित गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.