भारतले भन्यो गाडीमा फुल ट्यांक इन्धन नभर्नु

१४ चैत, एजेन्सी ।
भारतमा अब गाडीहरुमा पूरा भरेर इन्धन हाल्न नपाइने भएको छ । भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्यांक इन्धन नभर्न आग्रह गरेको छ । यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपांग्रे र चारपाग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्यांकीको क्षमता गलत लेखिएको भन्दै नापतौल महाशाखामा गुनासो पुगेको थियो।

Advertisement

इन्धन ट्यांकी क्षमता वास्तविक भोल्युम भन्दा १५–२० प्रतिशत कम रहेको गुनासो थियो। तर सवारी साधन उत्पादक कम्पनीहरुले भने ट्यांकीमा राखेको सो खाली ठाँउ सुरक्षाका केही विषयमा ध्यान दिएरै राखिएको बताएपछि मन्त्रालयले सो निर्देशन जारी गरेको हो।

मन्त्रालयले सवारी चालकहरूलाई आफ्नो पेट्रोल ट्यांकीलाई पूर्ण रुपमा नभर्न आग्रह गरेको छ । सरकारले अटो उत्पादक कम्पनीहरुलाई पनि त्यहीअनुसार सुरक्षाको विषयलाई ध्यानमा राखेर कति क्षमता निर्धारण गर्ने भन्ने बारे निर्णय गर्न सुझाव दिएको छ।

Advertisement

त्यही अनुसार ग्राहकहरुलाई इन्धन भर्न सुझाव दिन पनि सरकारले अटो निर्माताहरूलाई आग्रह गरेको छ। अटोमोटिभ इन्जिनियरका अनुसार फ्युल ट्यांकमा हुने अतिरिक्त स्पेयर भोल्युमको ठाउँमा केही सुरक्षाका उपायहरू समावेश गरिएका हुन्छन्। यसले भोल्युम विस्तारको अवस्थामा इन्धनलाई चुहावट हुनबाट रोक्न मद्दत गर्छ।

फुल ट्यांक इन्धन हालियो भने ट्यांकीमा हुनुपर्ने उक्त खाली ठाउँ हुँदैन र इन्धन चुहावट हुने सम्भावना रहने ती इन्जिनियरहरु बताउँछन् । यस्तै, फुल ट्यांक इन्धन भर्दा नोजलमा भएका इन्धनले पनि अत्यधिक हाइड्रोकार्बन प्रदूषण निम्त्याउने इन्जिनियरहरु बताउँछन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top