×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

प्रचण्ड मन्त्रीको टुंगो नलगाई किन चितवन हिडे ?

१६ चैत्र २०७९

१६ चैत, काठमाण्डौ ।
लामो समयको पर्खाईपछि आज मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको बताइएको छ ।

सरकारमा नौ दल सहभागी हुने भएका छन् । यसअघि बुधबार पनि मन्त्री परिषद् विस्तार हुने बताइएको थियो । तर दलहरुबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुन् सकेको थिएन । बुधबार अबेरसम्म बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो ।

Advertisement
Advertisement

बुधबारको बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको थियो ।

तर, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय भने टुंग्याउन बाँकी छ । यसबारे दलहरूबीच बालुवाटारमा पुन ः छलफल जारी छ । तर यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी सत्तारुढ गठबन्धनको बैठकबाट बिदा लिएर चितवनतर्फ लागेका छन् ।

चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि बालुवाटारबाटै हेलिकप्टरमार्फत उनी चितवनतर्फ लागेका हुन् । अब उनी चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ । यो बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्नेछ ।

कांग्रेसले अर्थ, रक्षालगायत मन्त्रालय लिने लगभग सहमति भइसकेको छ । उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने कांग्रेसको तयारी छ । कांग्रेसले स्वास्थ्य, ऊर्जालगायत मन्त्रालय पनि आफूहरूले पाउनुपर्ने बताइरहेको छ ।

भौतिक पूर्वाधार, स्वास्थ्य, सहरी विकास, ऊर्जा लगायतमा एकभन्दा बढी दलले दाबी गरेकोले सहमति हुन सकिरहेको छैन । एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्रीको छ ।

एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ । सत्ता गठबन्धन बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार कुन दलले कुन मन्त्रालय लिने सहमति भएपछि आजै बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ ।

Advertisement
Advertisement

‘दलहरूले मन्त्रीका नाम दिएपछि आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । गत चैत ६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रास्वपा पनि तत्काल सरकारमा नजाने भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top