भारतमा मन्दिरको इनारमा खसेर ३ दर्जनको मृत्यु

१७ चैत, एजेन्सी ।

भारतको मध्य प्रदेशको एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खसेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ । इन्दोर सहरमा भएको दुर्घटनामा अन्य १४ जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको बताइएको छ । इनारमाथि बनाइएको कंक्रिटमा धेरे जना उभिएपछि बढी तौलका कारण उक्त कंक्रिट खसेर मानिसहरू इनारमा परेको प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट अत्यन्तै दुखित भएको बताएका छन् । बिहीबार रामनवमीको अवसरमा बेलेश्वर महादेव झुलेलाल मन्दिरमा आयोजना गरिएको प्रार्थनाका क्रममा यो दुर्घटना भएको हो । उक्त इनार करिब १२ मिटर गहिरो भएको बताइएको छ ।

करिब चार दशकअघि नै उक्त इनार ढाकिएपछि त्यहाँ मन्दिर निर्माण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निगमका अधिकारीका अनुसार त्यसमा फलामको जाली राखिएको थियो । यसको चौडाइ कोठाको बराबर छ। फलामको जालीमा स्ल्याब राखेर निर्माण गरिएको थियो ।

हवनको समयमा इनारको छतमा धेरै मानिसको उपस्थितिका कारण जाल फुटेर दुर्घटना भएको हो । यो दुर्घटना लगत्तै पूरै इलाकामा तरंग छाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । साँघुरो सडकका कारण राहत कार्यमा केही कठिनाइ भइरहेको बताइएको छ । इनारमा खसेका कतिपयलाई जसोतसो बाहिर निकालिएको थियो ।

अधिकारीहरूका अनुसार ७५ सेनाका जवानहरू र एनडीआरएफ र एसडीआरएफका टोलीहरू उद्धार अभियानमा संलग्न छन्। इन्दौर पुलिस कमिश्नरका अनुशार मन्दिर प्रशासनका अध्यक्ष र सचिव विरुद्ध मुद्दा दर्ता गरिएको छ। मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top