अर्थशास्त्रमा पिएचडी गरेका अर्थमन्त्री महत को हुन् ?

१७ चैत, काठमाण्डौ ।

देशको अर्थतन्त्र चलायमान नबन्दा सरकारको आम्दानीले खर्च धान्न धौधौ परेको छ। तीन तहको बोझिलो संरचनाकाका कारण कर्मचारीको तलब भत्ताका लागि ऋण खोज्नु पर्ने अवस्था छ । बैंकको ब्याजले भएका उद्योग कलकारखाना चलाउन नसकिने भयो भन्दै उद्योगी, व्यापारी सडकमा छन् । रोजगारी सृजना छैन्, महँगीले आकाश छोएको छ ।

देशमा लगानीयोग्य पूँजीको अभाव र बैंकहरुले प्रवाह गर्ने ऋणमा कमी देखिएको छ । लघुवित्तबाट ऋण लिएकाहरु तिर्न नसक्ने भनिरहेका छन् । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । उद्योगी व्यवसायीले पनि वस्तुको ७० प्रतिशतसम्म माग घटेको बताइरहेका छन् ।

Advertisement

निर्वाचनपछि भने राजनीतिक अस्थिरता र सत्ताको फोहोरी खेलले सरकारबाट जनताले आशा गर्न सकेका छैनन् । यस्तो अवस्थामा अर्थतन्त्र सम्हाल्न अर्थतन्त्रबारे जानकार रहेका डा. प्रकाशशरण महत आएका छन्। उनले शुक्रबार अर्थमन्त्रीको शपथग्रहण गरेका हुन्।

डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन्। उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनको सचिवालयका अनुसार कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर उनी राजनीतिमा लागेका थिए। डा. महतको जीवन संघर्ष र चुनौतीले भरिपूर्ण देखिन्छ।

सन् १९९८ देखि १९९९सम्म नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत सन् २००२ देखि निरन्तर केन्द्रीय सदस्य रहिआएका छन्। २०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४ देखि ६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायक बनेका छन् ।

नेपालमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले सन १९९९ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए। डा. महतलाई प्रधानमन्त्रीले सेप्टेम्बर २००१ देखि मे २००२ सम्म सल्लाहकार नियुक्त गरेका थिए।

उनलाई सरकारले २०५८ चैतदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो। उनलाई सन २००४ देखि २००५ सम्म परराष्ट्र मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो। २०६६ देखि २०६७ सम्म उनी ऊर्जा मन्त्री रहे।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। अहिले फेरि १० दलीय गठबन्धन सरकारको अर्थमन्त्रीका रुपमा डा महत देशको अर्थतन्त्रको डुंगा सहज रुपमा पार लगाउनु पर्ने अवस्थामा आएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top