×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

आईपीएल २०२३ः गुजरातले जित्यो पहिलो खेल

१८ चैत्र २०७९

१८ चैत, एजेन्सी ।
१६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित भयो । आईपीएलमा चेन्नाईसँग भएको तीन खेलमा गुजरात अपराजित रहेको छ ।

अहमदाबादमा चेन्नाईले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । गुजरातका शुभमन गिलले ६३ रन बनाए । त्यस्तै विजय शंकरले २७, रिद्धिमान शाहले २५ र इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको ठाउँमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।

Advertisement

चेन्नाईका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । उसका ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए ।

मोईन अलिले २३ रन तथा शिबम दुवेले १९ रन जोडे । कप्तान महेन्द्रसिँह धोनी १४ रनमा अविजित रहे । गुजरातका मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान दुई÷दुई विकेट लिए । गुजरातले २ अंक जोडेको छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

आईपीएलको दोस्रो तथा आज हुने पहिलो खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा मोहालीमा सुरुहुनेछ । यो आज आइपिएलको पहिलो खेल हो । दुबै टोली सानदार विजयी सुरुवात गरेका छन् । पन्जाब र कोलकता दुबैमा नयाँ कप्तान छन् ।

गतवर्ष पन्जाबको मयंक अग्रवालले कप्तानी गरेका थिए । तर पन्जाबले उनलाई टोलीबाट फुकुवा गरेको थियो । यता कोलकाता नाइट राइडर्सका नितिश राणाले कप्तानी गर्नेछन् । श्रेयस ऐर मेरुदण्डकको तल्लोभागमा चोटका कारण सुरुवाती खेल गुमाउनेछन् । पन्जाबका दुई प्रमुख खेलाडी कागिसो रबाडा र लियाम लिभिङस्टोनले कोलकाताविरुद्ध खेल गुमाउनेछन् ।

रबाडा दक्षिण अफ्रिका टोलीमा हुँदा आइपिएलमा आएका छैनन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबमा जोडिनेछन् । लिभिङस्टोन भने चोटका कारण पहिलो खेल गुमाउनेछन् । पन्जाबमा ब्याटरको रुपमा शिखर धवन, म्याथ्यु शर्ट, भारुका राजपक्षे र शाहरुखा खान छन् । ब्याटिङ केहि कमजोरीको रुपमा छ ।

बलरमा अर्शदीपसिंह र साम करन प्रमुख हतियार हुन् । उता कोलकतामा आन्द्रे रसेल प्रमुख बलर हुन् । रसेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । नितिश राणा र रहमानउल्लाह गुरबाज छन् । लिटन दास र सकिब अल हसन पहिलो खेलमा उपलब्ध हुने वा नहुने पक्का छैन । शुक्रबार मात्रै यी दुई खेलाडीले बंगलादेशबाट आयरल्यान्डविरुद्ध खेलेका थिए ।

Advertisement

लोकी फर्गुनस, शार्दुल ठाकुर र उमेश यादव प्रमुख बलर हुन् । यस्तै आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच बेलुका ७ः४५ मा प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा लखनऊमा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले गर्नेछन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top