आज सुनको भाउ घट्दा चाँदी बढ्यो

Share this
763shares

१९ चैत , काठमाण्डौ ।

Advertisement

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top