बेलायतले नेपाली गार्डहरुलाई तत्काल देश निकाला नगर्ने

२३ चैत,एजेन्सी ।

तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पु¥याइएका नेपाली सुरक्षा गार्डलाई देश निकाला गर्ने निर्णयबाट बेलायत सरकार पछि हटेको छ । अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएको थियो ।

बेलायतमा लगेर उनीहरुलाई एउटा होटलमा राखिएको र त्यही होटलमा आफूहरूले काम गर्दै आएको ती नेपालीहरुले बताएका छन् । उनीहरूले बेलायतमा स्थायी रूपमा बसोबास गर्नका लागि आवेदन दिएको भए पनि बेलायतले उनीहरूलाई देश निकाला गरेर स्वदेश पठाउने बताएको थियो र त्यसका लागि आवश्यक कागजपत्र समेत तयार भइसकेको बिबिसीले उल्लेख गरेको छ ।

होटलमा बसेर काम गर्दै आएका केहीलाई छापा मारेर पक्राउ समेत गरिएको थियो । तर बेलायतको गृह मन्त्रालयले उनीहरूलाई बेलायतबाट स्वदेश पठाउने तयारी अहिलेलाई रोकिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

‘यस विषयमा थप छलफल र समीक्षा नहुँदासम्मका लागि अहिलेलाई उनीहरूलाई देश निकाला गर्ने निर्णय रोकिएको छ’ बेलायती गृह मन्त्रालयका प्रवक्ताको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । पक्राउ परेकाहरूलाई स्वदेश फिर्ती केन्द्रमा राखिएको छ ।

यो समूहमा रहेका केही व्यक्तिका अधिवक्ता जेमी बेलले आफ्ना सेवाग्राहीहरूलाई फिर्ता पठाउने निर्णय अचानक उल्टिएपछि आफू “हर्षित“ भएको बताएका छन् । “यद्यपि यसबाट किन यस्तो भयो भन्ने प्रश्न उठेको उनले बताएका छन् ।

बेलका अनुसार यो घटनाबाट अफगानिस्तानको सत्तामा तालिबान आएपछि दिइएको अवसरबारे थप प्रश्नहरू उब्जिएका छन् । “यस्ता योजनाहरूको मस्यौदा राम्रोसँग बनाइएको छैन, कार्यान्वयन कमजोर छ र उनीहरूले सहयोग गर्नुपर्ने आवश्यकता भएका मानिसहरूलाई सहयोग गरिरहेका छैनन्,” बेलले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top