ऐतिहासिक राधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै ,विराटनगरमा पानी पर्ने सम्भावना(फोटो फिचर)

ऐतिहासिक राधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै ,विराटनगरमा पानी पर्ने सम्भावना(फोटो फिचर)

विराटनगर,भदौ १८
बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको सम्पुर्ण तयारी पुरा भएको छ ।अहिले केहीबेरमा(अपरान्ह ४ बजे ) निकाल्न लागिएको ऐतिहासिक रथयात्राको ५१ औँ संस्करण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  ।

रथ निकाल्न केही समयमात्र बाँकी हुँदा विराटनगरमा हल्का वर्षा हुन थालेको छ ।रथयात्रालाई वर्षाले प्रभाव पार्ने सम्भावना रहेको छ ।अपरान्ह ४ बजे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ५१ औं संस्करणको रथयात्रामा घोडाको प्रयोग गरी रथ तानिने छ भने हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने आयोजकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.