ताइवानको चारै दिशामा चीनको सैन्य अभ्यास सुरु

२६ चैत, काठमाण्डौ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए)को इस्टर्न थियटर कमाण्डले ताइवान टापुलाई घेरा हालेको छ । टापुलाई घेर्ने गरी पीएलएले आफ्नो हवाई तथा नौसैनिक बललाई परिचालन गरेको छ । कमाण्डले ताइवानलाई चारै दिशाबाट घेर्ने गरी आफ्नो प्रतिरोध घेरा स्थापना गर्न सुरक्षा बल पठाएको कमाण्डले जनाएको छ ।

’ज्वाइन्ट स्वोर्ड’ नाम दिइएको सैन्य अभ्यासको पहिलो दिन कमाण्डले विध्वंसक, फ्रिगेट, क्षेप्यास्त्र डुङ्गा, लडाकु विमान, बमवर्षक, इलेक्ट्रोनिक वारफेयर प्लेन, रिफ्युलिङ एयरक्राफ्टका साथै मल्टिपल लन्च रकेट प्रणाली र परम्परागत ब्यालिस्टिक क्षेप्यास्त्र युनिटलाई युद्ध तैनाथीका लागि तोकिएका क्षेत्रमा स्थानान्तरण गरेको छ ।

शनिबारको पीएलएको इस्टर्न थियटर कमाण्डले समुद्रमा, हवाई क्षेत्र तथा सूचना प्रणालीमा प्रभुत्व जमाउने सेनाको क्षमताको परीक्षण गरेको कमाण्डले जनाएको छ । उसले यसमा संलग्न एकाइहरू ’निरोध र दमनको स्थिति सिर्जना गर्न’ टापुतर्फ जानका लागि संगठित गरिएको जनाएको छ ।

कमान्डले अपलोड गरेको भिडियो क्लिपमा पीएलएका केही नवीनतम उपकरणहरुलाई सार्वजनिक गरिएको छ । वाईवाई–२० रिफ्युलिङ ट्यांकर र पीसीएच–१९१ मल्टिपल–लन्च रकेट भेहिकल अभ्यासमा प्रयोग गरिएको भिडियोमा देखाइएको छ । यसबाहेक, ब्यालेस्टिक वा क्रुज मिसाइलको नयाँ मोडेलको लागि प्रक्षेपण वाहन जस्तो देखिने एक नयाँ प्रकारको जमीनी हतियार पनि भिडियोमा देखाइएको छ ।

कमाण्डका प्रवक्ता सिनियर कर्नेल सि यीले शनिबार ताइवान जलडमरूमध्यको जल र हावामा र टापुको उत्तर, पूर्व र दक्षिणमा ’ज्वाइन्ट स्वोर्ड’ अभ्यास हुने बताएका थिए । ’ताइवानको स्वतन्त्रता’ पृथकतावादी र बाह्य शक्तिको साँठगाँठ र उक्साहटका लागि यो अभियान गम्भीर चेतावनी भएको र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक कदम भएको उनले बताएका छन् ।

पछिल्लो समय ताइवानी राष्ट्रपति त्साइ इन–वेन मध्य अमेरिकी राष्ट्रको १० दिने लामो भ्रमणका क्रममा जाँदा र फर्किँदा ६ दिन अमेरिकामा रोकिएकी थिइन् । शनिवार मात्र उनी ताइपेइ फर्किएकी छन् । सो क्रममा उनले अमेरिकी सभामुखसँग भेटगरेपछि चीन क्रुद्ध बनेको छ ।

फेरि यतिबेला ताइपेइमा अमेरिकी संसदीय टोली भ्रमणमा छन् । शनिवार मात्र अमेरिकी संसदको परराष्ट्र मामिला समितिका अध्यक्षसमेत रहेका सांसद मिचेल म्याककलले अमेरिकी संसदमा आफूले समितिको अध्यक्षको हैसियतले सैन्य सामाग्री बिक्रिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको र यो निर्णयमा ताइवानलाई हतियार बिक्री गर्ने कुरा रहेको बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top