×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

बालेनलाई गृहमन्त्रीले भने बल प्रयोग गर्ने भनेर मात्रै हुदैन ?

२७ चैत्र २०७९

२७ चैत , काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने १४ कारणहरु प्रस्तुत गरेका छन् ।

उक्त विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चितवनमा पत्रकारसँग कुरा गर्दै आफूहरू स्थानीय सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको तर गर्न लागिएको कामको औचित्य पुष्टि हुनेखालको तथ्य दिनुपर्ने टिप्पणी गरेका हुन्। ‘काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ।

Advertisement
Advertisement

तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ’, उनले भने, ‘तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन।’

मेयर बालेन्द्र शाहबारे उपप्रधानमन्त्री श्रेष्ठको भनेका छन्, महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन? अझ सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत त्यसो भन्न मिल्छ कि मिल्दैन? यल्ले महानगरपालिका स्वयं मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने कुरा उहाँले सोच्नुपर्छ। म धेरै टिप्पणी गर्न चाहन्नँ, समन्वय भनेको चाहिँ स्थानीय सरकारले वा अर्काे कुनै सरकारले अर्काे सरकारलाई यसो गर्दिनूस् भन्नेलाई समन्वय भनिँदैन।

समन्वय भनेको त यो प्रोब्लम छ, यो प्रोब्लमलाई यसरी हल गर्ने सोचिएको छ, यसरी हल गर्नु यसकारणले उचित छ भनेरचाहिँ पुष्टि हुनेगरी हाम्रो समन्वय हुने कुरा हुन्छ, अनि त्यसपछि चाहिँ आवश्यक सहयोग गर्ने कुराहरू हुन्छ। सहयोग गर्ने कुरामा चाहिँ हामीमा कुनै दुविधा छैन।

तर त्योचाहिँ औचित्य पुष्टि हुने गरेर समझदारीमा समन्वय हुन्छ। काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ।

तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकार दिएर मात्र त हुँदैन।यसबारे मैले महानगरका मेयरलाई प्रस्ट भनेको छु– तपाईंले गर्न खोजेको कामले औचित्य पुष्टि हुनेगरी तथ्यमा उभिने अलिकति निष्कर्षमा त पुग्नपर्यो नि त! तपाईंले मात्र गर्न सक्ने केही काम छ भने तपाईंको अधिकार क्षेत्रमा केही हस्तक्षेप गर्दैनौँ।

तर तपाईंले संघीय सरकार वा प्रदेश सरकारको संलग्नता वा सहयोग चाहिएको छ भने त्यो कुराचाहिँ हामीले गर्ने प्रक्रिया अघि बढ्दाखेरि त्यो तथ्यसम्मत छ यो ठीक छ भन्ने कुरा हामी कन्भिन्स हुनेगरी तपाईंले तथ्य त राख्नपर्यो नि! त्यो प्रक्रियामा मात्रै हामीले उहाँसँग अपेक्षा गर्ने हो।

Advertisement

अरू उहाँले नै गर्ने काम उहाँले गर्नुहुन्छ, ठीक छ, हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी उहाँले तथ्य दिनुपर्छ। र, त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्नुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो। तीन दिनअघि गैरीगाउँमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाउन उनी असफल भएका थिए । सुकुमवासी बस्तिमा डोजर चलाउने बालेनको योजना गृहमन्त्रालय र प्रहरीको असहयोगका कारण असफल भएको थियो ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top