फ्रान्सेली राष्ट्रपतिले भने म अमेरिकाको जागिरदार होइन

फ्रान्सेली राष्ट्रपतिले भने म अमेरिकाको जागिरदार होइन

३० चैत, एजेन्सी।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भर्खरै ताइवानको बारेमा आफ्नो बयानको बचाउ गरेका छन्। चीन भ्रमण सकिएपछि उनले फ्रान्स अमेरिका र चीनबीचको भिडन्तमा नपर्ने बताएका थिए । मन्क्रोनको यो भनाइले उनको निकै आलोचना भएको थियो । तर म्याक्रोन आफ्नो वचनमा अडिग छन्।

उनले भनेका छन्, ‘अमेरिकाको साझेदार हुनुको अर्थ ‘ जागिरदार ’ हुनु होइन । म्याक्रोन दुई दिने नेदरल्याण्ड भ्रमणमा गएका छन्। यहाँ उनले सहयोगी राष्ट्र हुनुको अर्थ जागिरदार हुनु होइन भन्ने प्रतिक्रिया दिएका छन् । यसको मतलब यो होइन कि हामीले आफ्नो बारेमा सोच्न छोड्छौं। उनले ताइवानको यथास्थितिमा फ्रान्सको समर्थनमा कुनै परिवर्तन नभएको दोहो¥याएका छन् ।

उनले देश एक चीन नीतिको समर्थक रहेको तर स्थिति शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा रहेको बताएका छन् । म्याक्रोनको यो बयानपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि चीनसँग मिलेर काम गरेको आरोप लगाएका छन् । ट्रम्पले भनेका थिए कि मेरो साथी म्याक्रोन आजकल चीनको दासतामा व्यस्त छन्।

तर म्याक्रोन भन्छन् कि उनले यी टिप्पणीहरूमा प्रतिक्रिया दिन आवश्यक ठान्दैनन् । फ्रान्सका राष्ट्रपतिको भनाइलाई ह्वाइट हाउसले खासै महत्व दिएको छैन । ह्वाइट हाउसले बाइडेन प्रशासन फ्रान्ससँगको उत्कृष्ट द्विपक्षीय सम्बन्धमा सहज र विश्वास गरेको बताउँछ। ताइवानको विदेश मन्त्रालयले पनि म्याक्रोनको बयानमा यस्तै अडान लिएको छ।

यद्यपि, एक वरिष्ठ ताइवानी अधिकारी म्याक्रोनको टिप्पणीमा आश्चर्यचकित छन्। ताइवानी संसदका सभामुख यु सि–कुनले सामाजिक सञ्जालमा फ्रान्सको ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ भन्ने नारालाई उल्लेख गरका छन् । उनले लेखेका छन्, ’के ’लिबर्टी, एग्लिट, फ्रेटरनाइट’ आउट अफ फेसन हो?’ केही विज्ञहरूले म्याक्रोनको टिप्पणीले ताइवान र चीनबीचको बढ्दो चिन्ताको लागि अमेरिकालाई दोषी मानेको विश्वास गर्छन्।

साथै, उनको भनाइले युरोपेली संघलाई चीनमाथि कडा व्यवहार अपनाउन कठिनाइ सिर्जना गर्ने देखिएको छ । यसैबीच, चीनले म्याक्रोनको टिप्पणीको प्रशंसा गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन् कि कतिपय देशहरू अन्य देशलाई स्वतन्त्र र आत्मनिर्भर देख्न चाहँदैनन्। त्यस्ता देशहरूले अन्य देशहरूलाई आफ्नो इच्छाअनुसार चल्न बाध्य पार्छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.