म आक्रमणबाट बालबाल बचे : फुमिओ किशिदा

२ वैशाख, एजेन्सी ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा पुगेको एउटा सार्वजनिक कार्यक्रममा उनी लक्षित बम आक्रमण भएको छ । तर उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो ।

‘स्मोक बम’ प्रहार गरिएको तर उनी सुरक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको हो । बम फ्याकेको आशङ्कामा घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो । किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो । अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।

त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए । उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो । देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो । अहिलेसम्म यसको पूर्ण विवरण आइसकेको छैन ।

स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन् । किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताएका छन् ।

उनले भने, “यो माफी दिन नसकिने जघन्य अपराध हो।” जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ । अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top