एसीसी प्रिमियर कपमा नेपालसँग हारेको मलेसियाले साउदीलाई हरायो

७ वैशाख, एजेन्सी ।
एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हो । ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले साउदीलाई पराजित गरेको हो ।

Advertisement

पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।साउदी अरेबियाले दिएको एक सय ५४ रनको मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायो ।

उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भए ।

Advertisement

उसका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए । मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुई÷दुई विकेट लिए । यो जितसँगै समूह ’ए’ मा रहेको मलेसियाले दुई अङ्क जोडेको छ ।मलेसिया पहिलो खेलमा नेपालसँग पराजित भएको थियो ।

एसीसी प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top