×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

यमनमा रमजान बन्यो शोकको महिना / ९ डलरले लियो दर्जनौंको ज्यान

७ बैशाख २०८०

७ वैशाख , एजेन्सी ।
रमजानको पवित्र महिना चलिरहँदा यमनको राजधानीवासीका लागि भने यो महिना शोकको महिना बन्न पुगेको छ । यमनको राजधानी सानामा रमजानको अवसरमा नगद उपहार वितरण गरिरहँदा मच्चिएको भागदौडमा दर्जनौँले ज्यान गुमाएपछि यतिबेला साना शोकमा डुबेको छ ।

सानाको एउटा विद्यालयमा रमजानको समयमा सहयाता सामग्री वितरण भइरहँदा मच्चिएको भागदौडमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओ फुटेजमा पनि शहरको बाब अल यमन क्षेत्रमा अस्तव्यस्त दृश्य देख्न सकिन्छ ।

Advertisement
Advertisement

रोयटर्स समाचार संस्थाले प्रत्येक व्यक्तिलाई दिन खोजिएको ९ डलर अर्थात् लगभग १२ सय रुपियाँ सहयोग लिन सयौँ मानिसहरू भेला भएका थिए । सन् २०१५ मा सरकारलाई लखेटेपछि हुथी विद्रोहीहरूले उक्त शहरमा शासन गर्दै आएका छन् । उक्त सहयोग वितरणका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरिएको छ र एउटा छानबिन अघि बढाइएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

धेरैजना घाइते भएका छन् र १३ जनाको अवस्था गम्भीर रहेको सानास्थित एक जना स्वास्थ्य अधिकारीले जनाएका छन् । एक जना हुथी सुरक्षा अधिकारीले एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा महिला र बालबालिका छन् ।

एसोसिएटेड प्रेस समाचार संस्थाले दुई जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी लडाकुहरूले भीड नियन्त्रणको प्रयासमा हवाई फायर गरेको र गोली बिजुलीको तारमा लाग्दा विस्फोटन भएको जनाएका छन् । उनीहरूका भनाइमा त्यसले मानिसहरू आत्तिएका थिए र भागदौड अनि किच्चिने अवस्था निम्तिएको थियो ।

सन् २०१५ देखि चर्किएको द्वन्द्वले यमनमा ठूलो विध्वंश निम्त्याएको छ । त्यसबेला हुथीहरूले देशको पश्चिमतर्फको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएका थिए । राष्ट्रपति अबेदरुबो मन्सुर हादी देश छाडेर भागेका थिए भने साउदी नेतृत्वको अरब राज्यहरूको गठबन्धनले उनको शासन स्थापित गर्न हस्तक्षेप गरेको थियो ।

Advertisement

तर वर्षौँदेखि त्यहाँको लडाइँमा गतिरोध कायम छ । युद्धले डेढ लाख भन्दा बढी मानिसको ज्यान लिएको छ भने देशको जनसङ्ख्याको तीन चौथाइ अर्थात् करिब २ करोड ३० लाख मानिसहरूले कुनै न कुनै किसिमको सहायता लिनुपर्ने अवस्था छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top