×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

सन्दीपले बनाए १०० विकेटको विश्व कीर्तिमान

८ बैशाख २०८०

८ वैशाख, काठमाण्डौ ।
नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए ।

त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् । नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन ।

Advertisement
Advertisement

ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्लयू धरापमा पारे । आफ्नो १०० औं विकेट पूरा भएसँगै उनले मैदानलाई ढोगेर÷चुमेर खुशी मनाएका थिए । सन्दीपले त्यस लगत्तै लगातार थप २ विकेट लिए ।

यसअघि रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा १०० विकेट पूरा गरेका छन्।

ओडीआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने लामिछाने विश्वकै दोस्रो खेलाडी हुन्। सन्दीपले २२ खेलमा ओडीआईमा ५० विकेट पूरा गरेका थिए। श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम राखेका छन्। लामिछानेले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए।

सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् । सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै ७३ विकेट लिइसकेका छन् ।

Advertisement

यस प्रतियोगितामा धेरै विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा छन् । ओमानका विलाल खानले ७६ विकेट लिएका छन् । १०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top