१२ बैशाख ,विराटनगर।
कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्त दुरुस्त रहेको यकिन पछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्यअंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ ।
तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रियागरिएको हो ।
डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेशनका क्रममा ज्यान जान सक्ने जोखिम भएपनि नोबेलमा सफलता पूर्वक अप्रेशन गरिएको हो ।
नाकबाट दुरविन छिराएर विनाचिरफार कोइरालाको ब्रेन ट्यूमर निकालिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए ।‘मुटुमा समस्या भएका विरामीलाई अप्रेशन गर्ने क्रममा बेहोस बनाउँदापुनःहोसमाफर्काउँन सकिन्छ कि सकिदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘हामीसँगन्यूरो, कार्डियो सहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्कीअप्रेशन पनि सफलतापूर्वक गरेका छौं ।’
नोबेलको न्यूरो सर्जरी बिभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्यूमर निकालेको हो । अप्रेशनमा न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोदचौधरी, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दनापौडेल, डा.सागर दाहाल सहितको टिम सहभागि थियो ।
कोइरालादुई बर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हातदुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् ।आँखाको दृष्टि पनि घट्दै गएको थियो ।समस्याबढेपछि उपचारका लागिउनलाई काठमाडौं र भारतको सिलगुढी पनिलगियो । तर, मुटुको समस्याका कारण अप्रेशनगर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीकाभाई भुपाल भट्टराई सम्झन्छन् ।
उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेशनगर्न सकिदैन भन्दै फर्काए, काठमाडौं र सिलगुढीका अस्पतालले पनिफर्काएपछि केहीउपायनलाग्ने रहेछ भन्ने सोचेका थियौं, अहिले नोबेलमाअप्रेशन भएपछि दिदीलाई ठिक छ ।’
अप्रेशनपछिनिको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योतिपनिफर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिलशर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्षचिकित्सक र अत्याधुनिकउपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रियापनिसफलतापूर्वक गरिदै आएको छ ।