×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वाधिक मत र मतान्तरसहित रविले ओली र आफ्नै रेकर्ड तोडे

१२ बैशाख २०८०

१२ वैशाख, काठमाण्ठौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन २ बाट रास्वपा उम्मेदवार रवि लामिछाने सर्वाधिक मतान्तरसहित विजयी भएका छन् । उनले मतान्तरमा आफ्नै रेकर्ड तोडेका छन् । उनले ५४१७६ मत ल्याएका छन् । योसँगै रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका हुन् ।

जतिबेला उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको थियो । सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो। यो क्षेत्रमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११२१४ र एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याएर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Advertisement
Advertisement

रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन् । उनले ४२ हजार ९६२ मतान्तर सहित जित निकालेका हुन् । मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग ३४३१२ मतान्तर बनाएका थिए । रविले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड पनि तोडेका छन् ।

ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् । यसैबीच रास्वपा सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् ।

उनले सरकारलाई दिएको समर्थनबारे समीक्षा गरिने बताएका हुन् । चितवनमा सञ्चारकर्मीसितको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाएका हुन् । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।

उपनिर्वाचनमा जित निकालेका उनले चुनावी मत मरिणामले आफूहरूलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनले बताए । आफूहरूमा भएका कमजोरीलाई सुधारेर परिपक्व बन्न चुनावी मतपरिणामले देखाएको उनको भनाइ थियो ।

Advertisement

उनले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने दाबी गरे । नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका रवि उपचुनावमार्फत पुनः प्रतिनिसभामामा प्रवेश गरेका छन् ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top