नेपालको कमजोर प्रदर्शन, हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

नेपालको कमजोर प्रदर्शन, हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, भदौ १९
मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमन र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेशिया र सिङ्गापुरलाई हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.