कमलको मुटुमा ज्ञानेन्द्रका लागि फेरि माया पलायो

२० बैशाख ८०, बिहीबार

२१ वैशाख, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा छँदा महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङदेनसंग हार व्योहोरेपछि कमल थापाले पार्टीमात्रै परित्याग गरेनन्, आफ्नो हारको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाए । त्यसपछि आफ्नो अध्यक्षतामा नयाँ दल राप्रपा नेपाल खोले र त्यसयता पनि निरन्तर पूर्वराजामाथि खनिनै रहेका थिए ।

राप्रपा नेपाल खोलिसकेपछि कमल थापाले हिन्दु राज्यको एजेण्डा बोक्ने तर अबदेखि राजालाई नबोक्ने सार्वजनिक अभिब्यक्ति नै दिनथाले । तर अहिले भने कमल थापाको बोली फेरिएको छ । सम्भवतः मंसिरको आम चुनावमा एमालेजस्तो दलसंग गठजोड गर्दा पनि आशातित नतिजा हात नपरेपछि कमल थापा फेरि पूर्वराजातर्फ ढल्किदै गएका छन् ।

पछिल्लो पटक थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरिनुपर्ने प्रस्ताव गरेका छन् । नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुने उनको भनाइ छ ।

सामाजिक संजालमा उनले लेखेका छन्, नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने संयुक्त अधिराज्यका राजा चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पुर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुनेछ । नेपाली र बेलायती राजपरिवार बिचको आत्मिय सम्बन्धलाई देशहितमा सदुपयोग गर्नु उपयुक्त हुन्छ ।

उनले यस्तो प्रस्ताव गर्दै फेसबुकमा बेलायतका राजपरिवारसंग तत्कालिन नेपाली राजपरिवारसहितका फोटोहरु पनि शेयर गरेका छन् । तर, सरकारले उक्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको छ । साउद आज लण्डन प्रस्थान गर्दै छन् ।

लण्डनमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ । सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुने छन् । उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो ।

आगामी वैशाख २३ मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ । यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए ।

नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले बेलायत भ्रमण गरेनन् । वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top