नेपालको एसिया कपको यात्रा समाप्त, अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

विराटनगर,भदौ १९
एसीसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित हुँदै लिग चरणबाटै बाहिरिएको छ ।नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो ।

युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ प्रदर्शन गर्यो । नेपालले ३७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक रन बनाए । अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रन बनाए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

हङकङका इसान खानले ४ विकेट लिए । तनविर अफजल र मोहम्मद अजिज खानले समान २ सवकेट लिए । इसन नवाज र नदिम अहमेदले समान १ विकेट लिए ।हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ रनको योगदान दिए । जेम्स कार्टर ८, बाबर हायात २ र निजाकत खान २ रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १–१ विकेट लिए ।

यस पराजयसँगै नेपालले एसिया कप छनोटको यात्रा लिग चरणमै टुंग्याएको छ । नेपालले खेलेका पाँच मध्ये मलेसिया र सिंगापुरलाई मात्र हराउन सक्यो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top