साउदीस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन थाल्यो, घरेलु श्रमिकले पनि लिनसक्ने

२६ बैशाख, काठमाण्डौ । साउदी अरबमा रहेको नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन थालेको छ ।

यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ ।

दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि श्रम स्वीकृति नवीकरण दूतावासबाटै गर्न सक्छन् ।

Advertisement

श्रमः नवीकरणका लागि वैदेशिक रोजगार विभागको वेभसाइटमा https://feims.dofe.gov.np/Common-Login.aspx मार्फत आवेदन दिन सकिनेछ ।

आवेदन दिनका लागि राहदानीको फोटोकपी, इकमाको फोटोकपी, रि इन्ट्री भिसा(छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि र बिदा सकिने अवधि खुलेको कागज र रि इन्ट्री भिसा नभएकाहरूले इकमाको म्याद खुलेको छाप वा अबसिरबाट इकमाको म्याद देखिने गरी स्क्रिनसट गरिएको फोटो अपलोड गर्नुपर्ने हुन्छ ।

Advertisement

साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्रका साथै सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ ।

यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्ने दूतावासले जनाएको छ ।

साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाहरूले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता(कफिलको आइडी)को परिचयपत्र, तलब, भत्ता लगायत अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेस गर्नुपर्छ ।

सबै विवरण भरेर आवेदन दिएपछि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ । यसअघि मलेसिया र कतारमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् । यसअघि विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।

पछिल्लो समय अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था भए पनि कुनै कागजात वा केही प्रक्रिया नमिल्दा श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।

जसको कारण लामो समयसम्म विदेशमा श्रम स्वीकृति बिनै बस्ने र यही बेला कुनै भवितव्य भयो भने सरकारी राहतबाटसमेत वञ्चित हुने अवस्था भएपछि सरकारले विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

पुनः श्रम स्वीकृति सहज रूपमा अनलाइनबाट आफैँले भर्न सकिने भएकाले सकेसम्म आवेदन आफैँ दिन र यदि आफूले नजानेमा सहयोगी व्यक्ति, संस्था वा आफ्नो पालिकाको सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top