शरणार्थीको फाइल खुलेपछि रविले प्रचण्डलाई किन भेटे ?

२८ बैशाख ८०, शुक्रबार

२९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सरकारले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई तीव्रता दिइरहेका बेला शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा शरणार्थी प्रकरणमा थुप्रै फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै रविले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । सरकारमा जाने आफूहरूको योजना सफल नभए पनि अब सडकबाटै सरकारलाई समर्थन गर्ने रविले बताएका छन् । ‘भुटानी शरणार्थी प्रकरणदेखि थुप्रैमा जसरी फाइल खोल्नुभएको छ त्यसमा तपाईँलाई धन्यवाद छ ।

मैले सडकबाट के–के सहयोग गर्न सक्छु गर्छु’ प्रधानमन्त्रीसँगको भेटमा रविले भने, ‘सरकारमै जाने हाम्रो योजना सफल हुन सकेन । अब हामीले सडकबाट समर्थन गछौँ । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी माथिको कारवाहीमा सहयोग गर्न लामिछानेलाई आग्रह गरे ।

‘तपाईँहरूले भ्रष्टाचारीलाई कारवाही गर्ने सवालमा सहयोग गर्नुप¥यो । सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो’ प्रचण्डले भेटका क्रममा भने, ‘त्यो हुन नसके पनि तपाइँहरूले साथ दिनु । म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । प्रकरणमा जोडिएका एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

प्रहरीले अन्य आधा दजैन ब्यक्ति अझै शंकाको घेरामा रहेको बताउदै आएको छ । यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा र खाँण पत्नी मंजु खाँण पनि जोडिएका छन् । यद्यपि उनीहरुले यसलाई खण्डन गर्दै आएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top