खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने

२९ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको हो । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको बताएका छन् ।

उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।

प्रहरीले बुधबार खाँण पक्राउसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, ‘डेटा मिसिङ’ भएको भेटिएपछि प्रहरी रिकभर गर्ने निष्कर्षमा पुगेको हो  । २० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए ।

पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो । सोही डेटाका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको थियो । कारोबारका सन्दर्भमा खाँणले पठाएको एसएमएस पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाँणको मोबाइलमा नभेटिएपछि प्रहरी मोबाइल डेटा रिकभर गर्ने निष्कर्षमा पुगेको हो ।

डेटा रिकभर भएलगत्तै अुशन्धानले नयाँ मोड लिने आशामा प्रहरी छ । प्रहरीले खाँणले प्रयोग गर्ने ‘सिम’को कल डिटेल रिपोर्ट भने पक्राउअघि नै उतारिसकेको थियो । त्याहा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहका सदस्यसँग उनको पटक–पटक कुराकानी भएको भेटिएको थियो ।

विशेष गरी धन्दाका सम्बन्धमा उनको सबैभन्दा धेरै संवाद पूर्वगृहसचिव पाण्डेसँग भएको देखिन्छ । त्यसपछि पक्राउ परेका सन्देश शर्मा, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीसँग खाँणको धेरै संवाद भएको देखिन्छ ।

प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाँणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका छन । प्रहरी परिसर काठमाडौंले खाँणसँग बयान लिन बाँकी रहेको बताएको छ । पक्राउ परेका खाँणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने प्रहरीको विश्वास छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top