×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

२९ बैशाख २०८०

२९ वैशाख, एजेन्सी ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको भन्दै उनलाई रिहा गर्न बिहीबार नेशनल अकाउन्टेविलिटी ब्यूरो (एनएबी)लाई आदेश दिएको हो । बिहीबार सुनुवाइको क्रममा प्रधानन्यायाधीश उमर अता बंदियालले कुनै पनि अदालतबाट कुनै पनि आरोपीलाई पक्राउ गर्न नमिल्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो । उनलाई आज इस्लामावाद हाइकोर्टमा पेश गरिने छ । सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदाललतले गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ ।

Advertisement
Advertisement

भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अर्ध सुरक्षाबल रेन्जर्सले मङ्गलवार अदालत परिसरबाट पक्राउ गरेको थियो । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वाेच्चमा निवेदन दिएका थिए । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र झडपको सिलसिला सुरु भएको थियो ।

पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए । अदालतको पछिल्लो फैसलाले पनि इमरानका समर्थकहरुमा खुसी छाएको छ । पूर्व क्रिकेट खेलाडी समेत रहेका खानले न्यायाधीशहरूलाई आफूलाई उच्च अदालतबाट अपहरण गरिएको र लठ्ठीले हिर्काइएको बताएका थिए ।

चार वर्षभन्दा कम समय सत्तामा रहेका खानको गिरफ्तारीपछि समर्थकहरूले पाकिस्तानमा दुर्लभ रूपमा हुने सरकारी तथा सैन्य भवनहरूमा आक्रमण गरेका थिए । उनको गिरफ्तारीपछि पक्राउ पर्नेमा सातजना शीर्ष पीटिआई नेताहरू समेत छन् । जसमध्येका पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीले हिंसा उकासेको प्रहरीले जनाएको छ जसलाई उनले अस्वीकार गरेका छन् ।

Advertisement

धेरै विश्लेषकहरूले सन् २०१८ मा खानले सैन्य सहयोगमा चुनाव जितेको ठान्छन् । तर पदबाट हटेपछि उनी सेनाको सबैभन्दा प्रखर आलोचक बनेका छन् । सन् २०२२ को नोभेम्बरमा एक विरोध जुलुसका क्रममा खानको खुट्टामा गोली प्रहार भएको थियो । उनले वरिष्ठ गुप्तचरहरूले उक्त हमला गराएको आरोप लगाएका थिए जसलाई सेनाले कडा रूपमा अस्वीकार गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top